Kathmandu Press

रुपन्देहीमा बाबुले गरे छोरोको हत्या

बुटवल, जेठ २८ : रुपन्देहीको कञ्चन गाउँपालिका १ कुचेरामा गयराति बाबुले आफ्नै छोराको हत्या गरेका छन्। राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले कर....

रुपन्देहीमा बाबुले गरे छोरोको हत्या

बुटवल, जेठ २८ : रुपन्देहीको कञ्चन गाउँपालिका १ कुचेरामा गयराति बाबुले आफ्नै छोराको हत्या गरेका छन्। राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १ः३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट घाइते भएका सुदीपको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्