ललितपुरको टौखेलमा ३८ वर्षीय पुरुषको शव फेला
ललितपुर, जेठ २८ : गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मंगलबार राति शव फेला परेको छ। चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठे....
ललितपुर, जेठ २८ : गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मंगलबार राति शव फेला परेको छ। चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशंका गरिएको छ।
राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो।
आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।
मृतकको घाँटी र हातमा चोट भएकोले अमितको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनास्थलदबाट धारिलो हतियार पनि बरामद गरेको छ।