विवाहको गाडीमा विप्लव समूहद्वारा आगजनी
कैलाली, फागुन ३० : विप्लव समूहका कार्यकर्ताले कैलालीकाे मसुरियामामा विवाहको गाडीमा आगजनी गरेका छन् ।
बिहीबार बिहान भजनीमा जन्ती पु....

कैलाली, फागुन ३० : विप्लव समूहका कार्यकर्ताले कैलालीकाे मसुरियामामा विवाहको गाडीमा आगजनी गरेका छन् ।
बिहीबार बिहान भजनीमा जन्ती पुर्याएर फर्किँदै गरेको गाडीमा गौरीगंगा नगरपालिकाको मसुरियामा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गरिएको हो।
आज बिहान ३ बजेतिर म १ ख ४४१ नम्बरको बसमा आगजनी गरिएको हो । आगजनीबाट बस क्षति भएको छ । आगजनीमा संलग्न व्यक्तिहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कैलालीकै घोडाघोडी नगरपालिकाको साडेपानीमा पनि विप्लव समूहले ट्रक तोडफोड गरेका छन् । हेटौडाबाट धनगढीतर्फ आइरहेको ना ७ ख ५४० नम्बरको ट्रकमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
बन्दका क्रममा प्रहरीले तीन जना विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । गाडी रोक्दै गरेको अवस्थामा गोदवारीबाट तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, महेन्द्रनगरका सुशिला चन्द र डोटी बिपीनगरका धनबहादुर बम रहेका छन् ।
विप्लवको बन्दका कारण प्रदेश राजधानी धगनढीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । यातायात, शैक्षिक संस्था तथा कलकारखाना बन्द रहेका छन् ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)