Kathmandu Press

कांग्रेस नेतृ आरजु राणाद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

डडेल्धुरा जेठ २७ : नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानी....

कांग्रेस नेतृ आरजु राणाद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

डडेल्धुरा जेठ २७ : नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। 

उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । पूर्व सांसद राणाले सात वटै पालिकाका १२ वटा बर्थिङ्ग सेन्टर, दुई वटा सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन्। 

Hardik ivf

उनका अनुसार बर्थिङ्ग सेन्टरलाई २४ वटा पीपीई सेट, ६० लिटर सेनिटाइजर, थरमल गन १२ थान, पञ्जा २४ प्याकेट, मास्क तीन हजार पिस, गमबुट २४ जोडी, एन ९५ मास्क ४८ पिस, साबुन २४० थान, स्यानिटरी प्याड ११५२ पिस र औषधि सिटामोल मेट्रो ४८०० थान वितरण गरिएको हो। 

त्यस्तै पूर्व सांसद राणाले सुरक्षा निकायलाई पीपीई सेट ४, सेनिटाइजर ५ लिटर, थरमल गन २ थान, पञ्जा २ प्याकेट, गमबुट ४ जोडी, एन ९५ मास्क ८ पिस, साबुन ४० थान, औषधि सिटामोल ८०० थान र स्यानिटरी प्याड ९६ थान उपलब्ध गराएकी छन्। 

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई पीपीई १६ सेट, सेनिटाइजर २०लिटर, थरमल गन २, पञ्जा १० प्याकेट, पेपर मास्क २ प्याकेट,, गमबुट ४ जोडी, एन ९५ मास्क १०० पिस, साबुन १४० थान, स्यानीटरी प्याड १९२ थान र औषधि सिटामोल ८००  थान हस्तान्तरण गरिएको खड्काले जानकारी दिइन् । कोरोना संक्रमणपछि डडेल्धुरामा दोस्रो पटक उनले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी हुन्।

कांग्रेस नेतृ राणाले चाँडै सुदूरपश्चिम प्रदेशका सात वटै पहाडी जिल्लाका ५३ वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने बताइन् । डडेल्धुरा कांग्रेस सभपाति शेरबहादुर देउवाको गृहजिल्ला हो । सभापति देउवाले केही दिन अघि मात्र १४० क्वीन्टल चामलसहित ठूलो मात्रामा खाद्यान्न राहत स्वरुप पठाएका थिए । देउवाले डडेल्धुराका प्रत्येक स्थानीय तहलाई २० क्विन्टल चामल, दुई सय केजी दाल, पाँच पेटी तेल, २८ केजी नुनका साथै चिनी, चियापत्ति, चनालगायतका खाद्यान्न पठाएका थिए।
 

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्