Kathmandu Press

दुर्घटनाको विषयमा एकलौटी निर्णय गरेको भन्दै सप्लायर्समा आगजनी

बर्दिया, जेठ २७ : बर्दियाको राजापुर नगरपालिका ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ। गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउ....

दुर्घटनाको विषयमा एकलौटी निर्णय गरेको भन्दै सप्लायर्समा आगजनी
प्रतिकात्मक तस्बिर

बर्दिया, जेठ २७ : बर्दियाको राजापुर नगरपालिका ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ। गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयले बताए।

गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर स्थानीयले पसलका सामान बाहिर निकाली सप्लायर्समा आगजनी गरेको राजापुर –६ का वडाध्यक्ष महेश चौधरीले बताए।

Hardik ivf

स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीमा २२ दिनमै छाडिएका कारण आगजनी गरिएको स्थानीयले बताएका छन्। 

तोडफोडमा करीब ८७ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ। गत वैशाख ३० गते  भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजापुर ६ महादेउलीका ३८ वर्षीय सोमनाथ थारुको उपचारका क्रममा गुलरियामा ज्यान गएको थियो।

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्