Kathmandu Press

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची, जेठ २६ : अर्घाखाँचीमा सोमबार मात्रै ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क....

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची, जेठ २६ : अर्घाखाँचीमा सोमबार मात्रै ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति: १३:०७ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्