Kathmandu Press

काठ चिर्ने फलाम प्रहार गरी श्रीमानको हत्या

सल्यान, जेठ २६ : सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर....

काठ चिर्ने फलाम प्रहार गरी श्रीमानको हत्या

सल्यान, जेठ २६ : सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आइतबार राति ८ः३० बजेतिर घरमै काठ चिर्ने फलामको प्रहार गर्दा गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

हत्याको आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ। घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्