Kathmandu Press

बाजुराको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु

बाजुरा, जेठ २४ :  बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ।

गत जेठ १५ गते भारतबाट ....

बाजुराको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु
सांकेतिक

बाजुरा, जेठ २४ :  बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ।

गत जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको शनिबार मृत्यु भएको हो। गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले पुष्टि गरे।
 
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ। स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि प्रयोगशालामा पठाइएपनि रिपोर्ट भने आइसकेको छैन।
 
प्रकाशित मिति: १३:३६ बजे, शनिबार, जेठ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्