Kathmandu Press

प्रहरी निरीक्षकमाथि ढुंगा प्रहार

तुलसीपुर, जेठ २३ : बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुंगा प्रहार भएको छ।

ब....

प्रहरी निरीक्षकमाथि ढुंगा प्रहार

तुलसीपुर, जेठ २३ : बबई गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि ढुंगा प्रहार भएको छ।

बिहीबार राति गस्तीमा गएको समयमा बबई गाउँपालिका –५ पञ्चकुलेका ४५ वर्षीय चित्रबहादुर डाँगी र उनका २७ वर्षीय छोरा हेमराज डाँगीले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात तथा ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।
 
घाइते प्रहरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। साथै घटनामा संलग्नलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्