पोखरामा वातावरणमैत्री विकास आवश्यक छ : मुख्यमन्त्री गुरुङ
कास्की, जेठ २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
....कास्की, जेठ २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
४७औं विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं ३, ४ र ९ को संगमस्थल पालिखेचोकमा निर्मित उद्यानमा आयोजित कार्यक्रममा उनले पोखरामा वातावरणमैत्री विकास आवश्यक रहेको बताए।
पोखराको मनोरम प्राकृतिक सौन्दर्यता यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उनले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पु¥याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राखेका थिए।
मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उनले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिए। पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उनले त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता रहेको औल्याए।