Kathmandu Press

प्रदीपले जन्मदिनमा सम्झिए मायालु

काठमाडौं, फागुन २९ : अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘लभ स्टेसन’को प्रमोसनमा व्यस्त छन् । यसै वर्ष रिलिज फिल्म ‘रोज’ले बक्स अ....

प्रदीपले जन्मदिनमा सम्झिए मायालु

काठमाडौं, फागुन २९ : अभिनेता प्रदीप खड्का अहिले फिल्म ‘लभ स्टेसन’को प्रमोसनमा व्यस्त छन् । यसै वर्ष रिलिज फिल्म ‘रोज’ले बक्स अफिसमा खासै उपलब्धि नगरेपछि उनी ‘लभ स्टेसन’का आशामा छन्।

यहिबीच उनले २७औं जन्मदिन मनाएका छन् । फिल्मी पत्रकारको उपस्थितिमा जन्मदिन मनाउँदा उनले कसैलाई ‘मिस’ गरेको खुलाएका छन् । इन्स्टाग्राममा फोटो सेयर गर्दै प्रदिपले लेखेका छन्, ‘एक्लै हुँदा कसैलाई सम्झिनु साधारण कुरा हो तर, आफ्नो व्यस्तता र रमाइरहेका बेला कसैलाई सम्झिनु भनेको साचो माया हो।’

Hardik ivf

उनले ‘लभ स्टेसन’को प्रमोसनको व्यस्तताबीच कसलाई सम्झिरहेका छन्, त्यो भने खुलाएका छैनन्।

तर, उनको प्रेमसम्बन्धको चर्चा को–स्टारहरुसँग जोडिदै आएको छ । पछिल्लो पटक ‘लभ स्टेसन’ कै अभिनेत्री जसिता गुरुङसँग उनको प्रेमसम्बन्धको समाचार आएका थियो । दुवैले यसलाई नकारेका छन्।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, फागुन २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्