भारतको चुनावले बुद्ध एयरको कोलकत्ता उडान सारियो
काठमाडौं, फागनु २९ : भारतको लोकसभा चुनावले बुद्ध एयरको कोलकत्ता उडान गर्ने मिति सरेको छ । अब बुद्ध एयरले कोलकत्ता उडान जेठ १३ देखि गर्ने भएको हो ।
....
काठमाडौं, फागनु २९ : भारतको लोकसभा चुनावले बुद्ध एयरको कोलकत्ता उडान गर्ने मिति सरेको छ । अब बुद्ध एयरले कोलकत्ता उडान जेठ १३ देखि गर्ने भएको हो ।
यसअघि उसले वैशाख २ गतेदेखि कोलकत्ता उडान गर्ने तयारी गरेको थियो । भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ ।
एटिआर ७२–५०० जहाजले काठमाडौं–कलकत्ता सातामा तीन उडान भर्ने छ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिका भने यथावत रहेको कम्पनीले जनाएको छ । सोमबार, बुधबार र शुक्रबार उडान हुने जनाएको छ ।
भारतीय यात्रुको लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचारप्रसार गरिरहेको छ । त्यस्तै, नेपाली यात्रुका लागि पनि कोलकत्ता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
अहिले बुध्द एयरसँग ६ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुई वटा बिचक्राफ्ट जहाज संचालनमा छन् । अर्को महिनादेखि एटीआर ७२ जहाज सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।











-1754206481.jpg)