वेलायती प्रधानमन्त्रीको ब्रग्जिट प्रस्ताव दोस्रो पटक पनि बिफल
काठमाडौं, फागुन २९ : ब्रिटेनको संसदले प्रधानमन्त्री टेरिजा मेले पेश गरेको युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेग्जिट) फेरि पनि अस्वीकार गरेको छ ।
....
काठमाडौं, फागुन २९ : ब्रिटेनको संसदले प्रधानमन्त्री टेरिजा मेले पेश गरेको युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेग्जिट) फेरि पनि अस्वीकार गरेको छ ।
संसदले दोस्रो पटक अस्विकार गरेपछि ब्रग्जिट मुद्दामा प्रधानमन्त्री मेको यो दोस्रो पटक प्रयाश पनि विफल भएको हो ।
उनले यसअघि गत जनवरीमा पनि उक्त प्रस्ताव संसदमा पेश गरेकी थिईन । त्यतिबेला पनि संसदले मेको प्रस्ताप अस्वीकृत गरेको थियो ।
बीबीसीका अनुसार गत जनवरीमाभन्दा यस पटक सम्झौताको विपक्षमा झन धेरै मत खसेको छ । संशोधित मस्यौदाको पक्षमा २ सय ४२ मत परेको छ भने विपक्षमा ३ सय ९१ मत छ ।
बीबीसीका अनुसार २९ मार्चमा विना सम्झौता ईयूबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा संसदमा मतदान हुने मेको धारणा छ ।
प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्री मेको प्रस्ताव प्रष्ट रुपमा विफल भएकाले अब आमचुनाव घोषणा गर्नुपर्ने बताएका छन् ।












