Kathmandu Press

भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर, जेठ २१ : भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ। 

मंगलबार ३३ जनाको आरडिटी परीक्....

भोजपुरको पौवादुङ गाउँपालिका सिल
Hardik ivf

भोजपुर, जेठ २१ : भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ। 

मंगलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण फैलिन नदिन सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ। 
 
गाउँपालिका अध्यक्ष किरण राईले भने, 'आरडिटी परीक्षण गर्दा ६ स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका छौं, आरडिटी किट अभावले अन्यको परीक्षण गराउन सकिएन, आवश्यक स्वास्थ्य सामग्रीका लागि प्रदेश सरकारलाई माग गर्नेसमेत आकस्मिक बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ।'

आरडिटी पोजेटिभ आएका सबैलाई वडा नं १ श्यामशीलास्थित राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेसन वार्डमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए। उनीहरुको आज स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी रहेको उनले बताए। गाउँपालिकामा स्वाब संकलनको लागि १० वटा मात्र भिटिएम रहेको संयोजक दाहालको भनाइ छ।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्