Kathmandu Press

रासायनिक मल उद्योगमा छापा

वीरगंज, फागुन २८ : प्रहरीले मंगलबार वीरगञ्जको किसान एग्रोमा छापा मारेको छ । यो एग्रोले उत्पादन गर्ने रासायनिक मल यस क्षेत्रका किसानहरूले लामो समयदेखि ....

रासायनिक मल उद्योगमा छापा
जियालाल साह

वीरगंज, फागुन २८ : प्रहरीले मंगलबार वीरगञ्जको किसान एग्रोमा छापा मारेको छ । यो एग्रोले उत्पादन गर्ने रासायनिक मल यस क्षेत्रका किसानहरूले लामो समयदेखि प्रयोग गर्दै आएका छन्। 

पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, वाणिज्य कार्यालयका निमित्त प्रमुख ओमनारायण शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेत, कर अधिकृत नेत्र प्रसाद घिमिरे र जिल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत समसुल हक मियाँको टोलीले उद्योगको गोदाममा छापा मारेको हो। 

छापा मार्दा गोदाममा नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदामबाट बिक्री गर्न इजाजत पत्र नराखिएको, तयारी बस्तु तथा म्याद नाघेको सामग्री एकै ठाउँमा रहेको, साइनबोर्ड नराखिएको तथा गोदाममा रि–प्याकिङ गर्ने गरिएको फेला परेको प्रशासनले जनाएको छ।

कुनै पनि उद्योगले सामान उत्पादन गर्दा उद्योगमै उत्पादन र म्याद सकिने मितिको लेबल टाँस्नुपर्छ, तर गोदाममा ल्याएर नयाँ प्याकिङको लेबल तयार गरी टाँस्ने गरिएको पाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 

तरकारी उत्पादन गर्न किसानहरुले प्रयोग गर्ने कि–प्लेक्स केमिकल्स लिक्विड माइक्रो नेचुरल्स फर्टिलाइजर उत्पादन गर्दै आएको किसान एग्रो केमिकल्सको उद्योग वीरगञ्ज महानगरपालिका–२४ मा छ भने गोदाम वीर्तामा रहेको छ । यो उद्योगले उत्पादन गर्ने मल धान, आलु, टमाटर, काउली, बन्दा, केरा, सुन्तला, स्याउ, काक्रो, बोडी र खुर्सानीजस्ता तरकारी तथा फलफुल खेतीमा लगाइने गरिन्छ । 

 

प्रकाशित मिति: २०:०७ बजे, मंगलबार, फागुन २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्