व्याजदर घट्ने आशमा लगानीकर्ता उत्साही, २० अंकको बृद्धि
काठमाडौं, फागुन २८ : ब्याजदरको विषयमा उद्योगी र बैंकरबीच छलफल हुन थालेसँगै सेयर बजार उकालो लागेको छ ।
ब्याजदर घट्ने आशमा लगानीकर्ता उत्साहित....

काठमाडौं, फागुन २८ : ब्याजदरको विषयमा उद्योगी र बैंकरबीच छलफल हुन थालेसँगै सेयर बजार उकालो लागेको छ ।
ब्याजदर घट्ने आशमा लगानीकर्ता उत्साहित देखिएसँगै मंगलबार सेयर बजार २०.३३ अंकले बढेर नेप्से परिसूचक एक हजार एक सय ६३ अंकको बिन्दूमा पुगेको हो । सोमबार बजार १४ अंकले बढेको थियो । दुई दिनमा सेयर बजार ३४ अंकले वृद्धि भएको छ ।
सोमबार उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच ब्याजरको विषयमा छलफल भएको थियो । छलफलमा समिति बनाउने र ब्याजदर घटाउने सहमति भएको थियो ।
मंगलबार ५२ करोड ७७ लाख ३५ हजार पाँच सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ४० करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १९ लाख ५४ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
एनसीसीको प्रतिकित्ता दुई सय १७ रुपैयाँमा तीन करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनसीसीको सेयर सस्तो हुनुका साथै लाभांश घोषणा गर्ने बेला भएकाले लगानीकर्ता झुम्मिएका हुन् ।
त्यस्तै, माछापुच्छ्रे बैंकको प्रतिकित्ता दुई सय २० रुपैयाँमा दुई करोड ८६ लाख ४१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत, उत्पादनमूलक होटललगायत सबैको सेयर मूल्य उकालो लागेको छ ।











-1754206481.jpg)