संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’का रूपमा उठायौँ : परराष्ट्रमन्त्री खनाल
महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको समृद्धि र सुशासनप्रतिको आकांक्षा तथा विश्व व्यवस्था र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोण प्रस्तुत गरिएको उनले बताए।
काठमाडौं, असाेज १४ : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले नेपालले संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै महासभालगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित, चासो र धारणा प्रस्तुत गर्दै आएको बताए।
उनका अनुसार यसपटक नेपाल फरक राजनीतिक तथा सामाजिक परिस्थितिबीच महासभामा सहभागी भएको थियो। महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको समृद्धि र सुशासनप्रतिको आकांक्षा तथा विश्व व्यवस्था र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोण प्रस्तुत गरिएको उनले बताए।
मन्त्री खनालले हालै नेपालले भोगेको भोटेकोशी बाढीको घटनालाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाइएको बताए। उनले उक्त विपद्लाई ‘हिमाली सुनामी’का रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र जलवायु न्यायको विषयलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए।
उनले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’मा गरेको सम्बोधन विभिन्न दृष्टिले महत्वपूर्ण रहेको बताए। प्रधानमन्त्रीको सम्बोधनमा जलवायु न्यायसँगै नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयहरू उठाइएको उनको भनाइ थियो।
मन्त्री खनालले महासभामार्फत नेपालले राष्ट्रिय हित, जलवायु परिवर्तन, सुशासन तथा विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको बताए।











-1754206481.jpg)