Kathmandu Press

वागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते हुने

हेटौंडा, जेठ २० : वागमती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ।  

त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान....

वागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते हुने

हेटौंडा, जेठ २० : वागमती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ।  

त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए।  
     
त्यसैगरी आगामी असार १ गते वागमती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ। प्रदेशसभाको केही दिनअघि बसेको छैटौं बैठक आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो।

प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्