Kathmandu Press

दाजुुभाइ दुई सातादेखि बेपत्ता

रुकुमपूर्व, जेठ २० : भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन्। पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्ष....

दाजुुभाइ दुई सातादेखि बेपत्ता

रुकुमपूर्व, जेठ २० : भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन्। पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन्।

पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते  दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए। दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन्।

थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए। हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ।  परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ।

प्रकाशित मिति: ०८:४९ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्