Kathmandu Press

जय बागेश्वरीमा आकाशे पुल शिलान्यास 

काठमाडौं, जेठ १९ : लकडाउनको समयमा पनि पुनर्निमाणको काम जारी राख्ने निर्णय भएपछि जय बागेश्वरीमा आकाशे पुल निर्माणको शिलान्यास गरिएको छ। 

जय बागेश्वरीमा आकाशे पुल शिलान्यास 

काठमाडौं, जेठ १९ : लकडाउनको समयमा पनि पुनर्निमाणको काम जारी राख्ने निर्णय भएपछि जय बागेश्वरीमा आकाशे पुल निर्माणको शिलान्यास गरिएको छ। 

संघीय सांसद गगनकुमार थापा, प्रदेश सभा सदस्य नरोत्तम बैद्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष दिनेश डंगोल र वडा सदस्यहरुले परम्परागत बिधिबाट जग पूजा गरेर पुल शिलान्यास गरेका हुन्।

वडा अध्यक्ष दिनेश डंगोलका अनुसार ६४ लाख ९९ हजार ७५ रुपैयाँ ४५ पैसा लागतमा आकाशे पुल निर्माण गरिनेछ। दुर्घटनाको जोखिम कम गर्न र वडालाई पूर्वाधारले सम्पन्न बनाउन पुल निर्माण गर्न लागिएको उनले बताए।

आगामी ४ महिनामा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य वडाले राखेको छ।

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्