बेगानी ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
राष्ट्रलाई कठिन समय परेको अवस्थामा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै बेगानी ग्रुपले उक्त सहयोग रकम प्रदान गरेको हो। समूहले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।
काठमाडौं, भदौं २६ : बेगानी ग्रुपले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड ११ लाख सहयोग प्रदान गरेको छ।
राष्ट्रलाई कठिन समय परेको अवस्थामा निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै बेगानी ग्रुपले उक्त सहयोग रकम प्रदान गरेको हो। समूहले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।
नेपालमा विभिन्न क्षेत्रमा व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको बेगानी ग्रुपअन्तर्गत विभिन्न उद्योग तथा कम्पनीहरू सञ्चालनमा छन्। ग्रुपअन्तर्गत नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिज प्रा लि, केबीएसएएम एल्युमिनियम इन्डस्ट्रिज लि, गणपति ज्वेलर्स नेपाल प्रालि, टीबीजी नेपाल एजुकेसन कन्सल्टेन्सी प्रा लि, दुबाल इन्डस्ट्रिज प्रालि र एस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालि रहेका छन्।
विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय बेगानी ग्रुपले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताएको छ। समूह गुणस्तर, विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित रहेको दाबी गरिएको छ।
विपद्को समयमा सरकारको उद्धार तथा राहत प्रयासलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बेगानी ग्रुपले आगामी दिनमा पनि राष्ट्रलाई आवश्यक परेको कठिन परिस्थितिमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।