युलेन्स एजुकेसन फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था एक्सन टिम फर पार्टनरसिप (एटीपी), बोर्ड अफ ट्रष्टीज तथा समर्पित शिक्षक, कर्मचारी एवम् सहयोग टोलीको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौँ, भदौ २४ : युलेन्स एजुकेसन फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था एक्सन टिम फर पार्टनरसिप (एटीपी), बोर्ड अफ ट्रष्टीज तथा समर्पित शिक्षक, कर्मचारी एवम् सहयोग टोलीको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको हो ।
विपद्का कारण विस्थापित सयौँ परिवार तथा विद्यार्थीहरूलाई तत्काल राहत, खाद्यान्न र अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरे ।
बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत, खाद्यान्न तथा अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। चेक हस्तान्तरण गर्दै अध्यक्ष पनेरूले विगतमा आफूहरूले पनि विपद्का कारण क्षति र कठिनाइ भोगेकाले प्रभावित नागरिकको पीडा बुझ्न सक्ने बताए।
विगत दुई दशकभन्दा बढी समयदेखि युलेन्स एजुकेशन फाउन्डेसनले शिक्षा भनेको कक्षाकोठाको ज्ञान मात्र नभई सामाजिक उत्तरदायित्व, सहानुभूति र अप्ठ्यारो समयमा एक अर्काको साथ उभिनु हो भन्ने मान्यता राख्दै आएको छ।