Kathmandu Press

बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

डोटी, जेठ १९ : भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन्।

कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली ....

बाढीले बगाउँदा दुई मजदुर बेपत्ता
प्रतिकात्मक तस्बिर

डोटी, जेठ १९ : भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन्।

कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ का ४५ वर्षीय कमल थापा र सोही नगरपालिकाका २४ वर्षीय गोपाल कामी रहेका छन्।

दुबै जनाको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय फल्टुडेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्