Kathmandu Press

लगातार तेस्रो खेल जित्दै नेपाल एसीसी प्रिमियर कपको सेमीमा

क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा भेट्टायो।
लगातार तेस्रो खेल जित्दै नेपाल एसीसी प्रिमियर कपको सेमीमा

काठामडाैं, भदाै २१ : लगातार तेस्रो जित निकाल्दै नेपाल नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुगेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार साउदी अरेबियालाई ५ विकेटले हरायो। 

क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा भेट्टायो। यसअघिका दुई खेलमा नेपालले नेपालले बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले हराएको थियो। 

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४४ रन बनाउँदा इशान पाण्डेले ४० र देव खनालले ३९ रनको योगदान दिए। बलिङमा साउदीका इस्तियाक अहमद र मुहम्मद अतिफले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा अलआउट भयो। उसका ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बल खेली १० चौका र २ छक्का प्रहार गरे। 

नेपालबाट कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चे। नेपाली स्पिनरको नाममा ९ विकेट रहयो। सन्दीप बाहेक दीपेन्द्रले ३ र ललितले २ विकेट लिए। 

अब नेपालले समूहको अन्तिम खेल मंगलबार हङकङसँग खेल्ने छ।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, भदौ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्