Kathmandu Press

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

कञ्चनपुर, जेठ १९ : जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन्। वैधानिकरू....

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

कञ्चनपुर, जेठ १९ : जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन्। वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा भारतीय नागरिक घर फर्किएका हुन।

भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालयले उपलब्ध गराएको विवरणानुसार आइतबार १०७, शनिबार २६२, शुक्रबार १७८, मंगलबार ८६, बुधबार २५४ र बिहीबार १७१ भारतीय नागरिक सीमा नाका हुँदै घर गएका हुन्। सीमा नाकामै स्वास्थ्य जाँच गरी भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको हो। भारत जाने नागरिकमा पुरुष, महिला र बालबालिका रहेका छन्। 

Hardik ivf

यसैगरी सीमा नाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ नेपाली फर्केका छन। आइतबार तीन हजार ५८, शनिबार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मंगलबार ६९० र सोमबार दुई हजार ६३७ नेपाली भारतबाट पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्केका छन्।

व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्नेलगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सीमा नाका प्रवेश गराइएको हो। सीमा नाका प्रवेश गराइएकालाई खाना नास्ताको व्यवस्था गरिएको थियो। उनीहरूलाई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउन यातायातका साधनको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्