Kathmandu Press

आईसीटीसी ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

आईसीटीसी ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ, भदाै१६ : आईसीटीसी ग्रुपले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह-प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ग्रुपले शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्