Kathmandu Press

सर्वदलीय बैठकबाट आव्हान , विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी 

रास्वपाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको हो।
सर्वदलीय बैठकबाट आव्हान , विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी 

काठमाडौं, भदाै १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठकबाट आव्हान गरेको छ । बैठक दिउँसो २ बजे रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो। 

रास्वपाले विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने प्रक्रिया अघि बढाउन छलफल आयोजना गरेको हो।

भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा १० बुँदे साझा सङ्कल्प पारित गरिएको थियो।

सोही संकल्पको बुँदा नम्बर १० अनुसार विपद् व्यवस्थापनलाई तत्कालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइएको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ अर्थात् उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।

सोही सहमतिलाई कार्यान्वयन गर्दै संयन्त्र गठनको प्रक्रिया अविलम्ब अघि बढाउने विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक बोलाएको हो।

रास्वपाले सम्बन्धित दल तथा प्रतिनिधिहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ। 

प्रकाशित मिति: ११:४६ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्