सन्दीपको घातक बलिङ, एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुआत
मलेसियाको वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो।
काठमाडौं, भदौ १५ : कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो।
पहिला ब्याटिङ गर्दै बहराइनले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ३ विकेट गुमाउँदै २१ ओभरमा भेट्टायो। नेपालका अर्जुन कुमाल ३६ रनमा तथा रोहित पौडेल १९ रनमा नटआउ रहे। बलिङमा बहराइनका इमरान जावेदले २ विकेट लिए।
त्यसअघि नेपाली बलरहरुले घातक बलिङ गरेपछि बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। उलने १० ओभरमा ४ मेडनसहित १४ रन मात्र खर्चे। यस्तै ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए।
नेपालले दोस्रो खेलमा बिहीबार मलेसियासँग खेल्नेछ।
प्रकाशित मिति: १२:४८ बजे, सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











