बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]
बाढीले धादिङ गल्छी क्षेत्रका विभिन्न स्थानमा सडक, पुल तथा नदी किनारका संरचनामा क्षति पु¥याएपछि जनजीवन प्रभावित बनेको छ । बाढीको बहाव केही घटे पनि नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको छ ।![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-9_198523cc-1787833572.jpg)
धादिङ, भदौ ११ : रसुवाको लेन्दे खोला र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव धादिङका विभिन्न ठाउँमा देखिएको छ।
बाढीले धादिङ गल्छी क्षेत्रका विभिन्न स्थानमा सडक, पुल तथा नदी किनारका संरचनामा क्षति पु¥याएपछि जनजीवन प्रभावित बनेको छ । बाढीको बहाव केही घटे पनि नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको छ ।
बाढीका कारण जिल्लाका विभिन्न स्थानमा सडक कटान हुनुका साथै पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या भएको छ भने स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ। नदीको तीव्र बहावका कारण त्रिशूली किनारका बस्ती तथा संरचनामा समेत क्षति पुगेको छ ।
बाढीपछि सुरक्षाकर्मी तथा स्थानीय तहको टोली प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, सडक खुलाउने र क्षतिको विवरण संकलनमा जुटेका छन्। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
-1787833556.jpg)
















![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)