रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग
प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन्।
काठमाडौं, भदाै ११ : रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।
प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन्।
यसै क्रममा गोर्खा ब्रुअरीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि सहयोग रकम परिचालन गरिने जनाइएको छ ।
प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











