Kathmandu Press

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावईको उद्धार गरिएको छ ।
रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं, भदाै ११ : रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिका लगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो । 

उद्धार गरिएकाहरूमा ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन् । सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावईको उद्धार गरिएको छ ।

त्यसैगरी नेपाली नागरिकहरूतर्फ रसुवा, सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय बासिन्दा तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका नागरिकहरूको उद्धार भएको छ । उद्धार टोलीले ४ वर्षीय बालक अनमोल शाही, ८ वर्षीय सुवास मल्ल तथा १२ वर्षीया दीक्षा मल्लसहित बालबालिका, महिला तथा ७३ वर्षसम्मका वृद्धवृद्धाहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । उद्धार गरिएका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा राखी आवश्यक समन्वय भइरहेको छ ।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्