प्रतिनिधिसभाको बैठक स्थगित
मंगलबार दिउँसो १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालय ले जनाएको हो ।
काठमाडौं, भदौ ९ : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालय ले जनाएको हो ।
सचिवालयका अनुसार बैठक भोली बुधबार दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।
त्यस्तै कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको थियो ।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार