Kathmandu Press

बागमतीमा राप्रपाले ३ मन्त्री पाउने

राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बन्ने बताइएको छ। उनीहरुको शपथ पनि आजै अपरान्ह गराउने तयारी छ।
बागमतीमा राप्रपाले ३ मन्त्री पाउने

हेटौंडा, भदौ ४ : एमाले र नेकपाको नयाँ बन्धनको बागमती प्रदेश सरकारमा राप्रपा पनि सभहभागी हुने भएको छ।

तीन दलबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेको बताइएको छ। जसअनुसार एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेकपा २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने बताइएका ेछ। 

राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बन्ने बताइएको छ। उनीहरुको शपथ पनि आजै अपरान्ह गराउने तयारी छ।

एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरको सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय विवादित छ। 

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारलाई समर्थन गर्ने बताउँदा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको बताएकी थिइन्।

यता, पार्टीको केन्द्रिय नेतृत्व पनि बागमती सरकारमा सहभागी हुने निर्णयको विपक्षमा छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई कारबाहीको तयारी गरेको बताइएको छ। 

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, भदौ ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्