निर्वाचन आयोगप्रति सिटौलाले पोखे आक्रोश
‘गनजी सभापति भएँ भन्दै जानुभयो। उहाँहरूले बनाएको दस्ताबेज लिएर जानुभयो। थपक्क त्यसको आधारमा प्रमाणपत्र दिन मिल्छ? तपाईँहरूको यस्तो क्षमताबाट कानुनको परिपालना कसरी हुन्छ रु कांग्रेसको रेकर्डबारे शेरबहादुर देउवालाई सोध्नपर्दैन?,’ उनको प्रश्न छ ।
काठमाडौं, साउन २९ : नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार आयोजित राष्ट्रिय भेलामा उनले विधि विपरीत कांग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका हुन् ।
‘गनजी सभापति भएँ भन्दै जानुभयो। उहाँहरूले बनाएको दस्ताबेज लिएर जानुभयो। थपक्क त्यसको आधारमा प्रमाणपत्र दिन मिल्छ? तपाईँहरूको यस्तो क्षमताबाट कानुनको परिपालना कसरी हुन्छ रु कांग्रेसको रेकर्डबारे शेरबहादुर देउवालाई सोध्नपर्दैन?,’ उनको प्रश्न छ ।
निर्वाचन आयोगले गत माघ २ मा विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापाको नेतृत्वलाई आधिकारिकता दिएको थियो ।