Kathmandu Press

एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जान्छौं : सन्दीप

‘पक्कै पनि यो १० दिनका लागि हामी त्यहाँ जानेछौँ र मलेसियाको जस्तै कन्डिसन हुनेछ । जहाँ हामी आफ्ना गल्तीहरू सुधार गर्दै आगामी टुर्नामेन्ट एसीसी प्रिमियर कप जित्ने टार्गेट हो। ट्रफी घर ल्याउने भरपुर कोसिस गर्नेछौँ,’ उनले भने।
एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जान्छौं : सन्दीप

काठमाडौं, साउन २९ : नेपालको एकदिवसीय टिमको कप्तान हुन्, सन्दीप लामिछाने। नेपाल क्रिकेट संघ (क्यान)ले अघिल्लो सातामात्र रोहितकुमार पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टिमको कप्तान बनाएको थियो।

सन्दीपकै कप्तानीमा अब नेपालले मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप खेल्नेछ। 

आजै क्यानले एसिसी प्रिमियर कप खेल्ने नेपाली टिमलाई बिदाई गरेको छ। अब नेपाली टिम प्रतियोगिताको तयारीका लागि भारत जानेछ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले टोली एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाने बताए। उनले पछिल्लो समयका खेलमा भएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए।

‘हामी मोटिभेसनका साथ मलेसिया जानेछौँ। तर त्योभन्दा अगाडि आफ्नो जर्नीलाई रिफ्लेक्ट गर्नका लागि राम्रो समय थियो। नेदरल्यान्ड्सबाट फर्किएपछि हामी कहाँ–कहाँ चुक्यौँ, कहाँ–कहाँ गल्तीहरू भए, त्यसलाई पहिचान गर्दै त्यसमा काम गर्न बैङ्गलोरमा क्याम्प आयोजना गरिएको छ,’ उनले भने।

उनले भारतमा हुने प्रशिक्षणबाट मलेसियाको जस्तै कन्डिसनमा अभ्यास गर्ने अवसर मिल्ने बताए ।

‘पक्कै पनि यो १० दिनका लागि हामी त्यहाँ जानेछौँ र मलेसियाको जस्तै कन्डिसन हुनेछ । जहाँ हामी आफ्ना गल्तीहरू सुधार गर्दै आगामी टुर्नामेन्ट एसीसी प्रिमियर कप जित्ने टार्गेट हो। ट्रफी घर ल्याउने भरपुर कोसिस गर्नेछौँ,’ उनले भने।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, साउन २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्