‘हाम्राे सभापति शेरबहादुर देउवा नै हुन्’
‘शेरबहादुर देउवा आउनासाथ मलाई थाहा छ, यो सफल हुन्छ । हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो,’ उनले भने, ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो । उहाँको नेतृत्वमा कांग्रेस हिँड्छ।’
काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका इतर समूहका नेता शशांक कोइरालाले आफूहरुको सभापति शेरबहादुर देउवा नै भएको बताएका छन्।
इतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘शेरबहादुर देउवाको भाग्य नै राम्रो छ।’ उनले भेलामा देउवा सहभागी हुनु नै सफल भएको बताए।
‘शेरबहादुर देउवा आउनासाथ मलाई थाहा छ, यो सफल हुन्छ । हिजो उहाँको स्वागतमा जुन उत्साह देखेँ, मलाई अचम्म लाग्यो,’ उनले भने, ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो । उहाँको नेतृत्वमा कांग्रेस हिँड्छ।’
सम्बोधनका क्रममा कोइरालाले पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए।
‘यो भेलाको आयोजना गर्नुपर्यो? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ उनले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो।’
कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्बन्ध र राजनीतिक यात्राका केही प्रसंगसमेत सुनाए । उनले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गरे ।
उनका अनुसार देउवालाई आफूले के गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले सिनेमा हेर्न चाहेको बताएका थिए । त्यस दिन आफूहरू तीनवटा सिनेमा हेर्न गएको कोइरालाले बताए ।
उनले देउवा बेलायतमा रहेका बेला आफूले फोन गरेर नेपालमा परिवर्तन भइरहेको भन्दै स्वदेश फर्किन आग्रह गरेको पनि स्मरण गरे । त्यसपछि देउवा नेपाल फर्किएको र पछि प्रधानमन्त्री बनेको उनले बताए ।
‘मलाई के लाग्छ भने शेरबहादुर देउवाजीको भाग्य राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो,’ कोइरालाले भने ।
उनले राष्ट्रिय भेलामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनका क्रममा भएका कमजोरीका लागि क्षमा मागे । सबैको सहभागिताले आफू खुसी भएको बताउँदै उनले देउवा सहभागी भए भेला पूर्ण रूपमा सफल हुने दाबी गरे ।
‘सबै जना आउनुभयो, खुसी लाग्यो। त्रुटिहरू भए क्षमा गरिदिनुहोला । हामीले खाना पनि दिन सकेनौँ, त्यसका लागि माफ गरिदिनुहोला । शेरबहादुर देउवा आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उनले भने।











![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)