कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सुरू
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला सुरु भएको हो।
काठमाडाैं, साउन २९ : नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला सुरु भएको हो। भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
राष्ट्रिय भेलामा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू सहभागी भएका छन्।
संस्थापनइतर समूहले पार्टीभित्र देखिएको विवाद, आगामी रणनीति र संगठनात्मक विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको हो।
प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











