Kathmandu Press

दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन२६ : आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । 

मंगलबार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल हुनेछ ।  

यसैगरी, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ ।

बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ०७:२८ बजे, मंगलबार, साउन २६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्