साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो [तस्बिरहरू]
साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन गर्न पशुपति पुगेका छन्।![साउनको अन्तिम सोमबार पशुपतिनाथमा घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-7_cfe186ea-1786347418.jpg)
काठमाडौं, साउन २५ : साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन गर्न पशुपति पुगेका छन्।
साउन महिनाका अन्य सोमबार व्रत बस्न तथा पूजाआजा गर्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। भगवान् शिवको प्रिय बारका रूपमा मानिने सोमबार श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा विभिन्न धार्मिक कार्य गर्ने परम्परा रहँदै आएको छ।
अन्तिम सोमबार भक्तजनको संख्या बढी हुने भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा लामो लाइन लागेको थियो । श्रद्धालुहरू घण्टौँ लाइनमा बसेर भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआजा गर्न पुगेका थिए।









प्रकाशित मिति: १३:२८ बजे, सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











