Kathmandu Press

बिजी कन्सर्नको वार्षिकोत्सवमा रक्तदान

रक्तादान कार्यक्रम लायन्स डिस्ट्रिक्ट ३२५ आरले संयोजन गरेको थियो भने हिमाल रक्तसञ्चार केन्द्र र सिद्धार्थ बैंकले सहयोग गरेको थियो।
बिजी कन्सर्नको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं, साउन २५ः बिजी कन्सर्न प्रालिको २०औं वार्षित्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। लाजिम्पाटमा रहेको कन्सर्नकै प्रांगणमा भएको कार्यक्रममा ९६ जनाले रक्तदान गरेका थिए।

रक्तादान कार्यक्रम लायन्स डिस्ट्रिक्ट ३२५ आरले संयोजन गरेको थियो भने हिमाल रक्तसञ्चार केन्द्र र सिद्धार्थ बैंकले सहयोग गरेको थियो।

2-1786339513.jpg

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं युनाइटेड ब्राइट, लायन्स क्लब अफ काठमाडौं ग्रेसियस, लायन्स क्लब अफ काठमाडौं बेस्ट फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौं ब्राइट फ्युचर, लायन्स क्लब अफ काठमाडौं बेस्ट गोर्खा, लायन्स क्लब अफ काठमाडौं राम्दी, लायन्स क्लब अफ काठमाडौं क्लियर भिजन तथा लियो क्लब अफ काठमाडौं युनाइटेड ब्राइट सहभागी थिए।

सो अवसरमा फुड टेस्ट, विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिएको बिजी कन्सर्नले जनाएको छ।

२०औं वार्षिकोत्वको अवसरमा कन्सर्नले ‘महाबचत उत्सव’ सञ्चालन गरिरहेको छ। सो अवसरमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ।

3-1786339513.jpg
 

प्रकाशित मिति: ११:१० बजे, सोमबार, साउन २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्