नेप्से दाेहाेराे अंकले घट्याे, साढे ४ अर्बकाे काराेबार
विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ।
काठमाडाैं, साउन २१ : बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६२ अंकले घटेर ४६४.७३ मा पुग्दा फ्लोट सूचक १.०३ अंकले घटेर १८२.२६ मा पुगेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक ०.९१ अंकले घटेर १५७.३४ मा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ।
१३ उमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो।
६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो भने १० कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेका अनुसार, अपर लोहारे खोला हाइड्रोपावर, कलंगा हाइड्रोपावर, एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले कमाएका छन्। एलएस होरिजन, मेगा म्युचुअल फन्ड, लक्ष्मी भ्यालु फन्डलगायत लगानीकर्ताले गुमाएका छन्।










