Kathmandu Press

एटिएम फुटाएर पैसा झिक्न खोज्ने व्यक्ति पक्राउ

भक्तपुर, जेठ १७ : बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्न....

एटिएम फुटाएर पैसा झिक्न खोज्ने व्यक्ति पक्राउ

भक्तपुर, जेठ १७ : बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले फक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति सवा २ बजे एटिएम फुटाउँदै गरेको खबर आएलगत्तै प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले एनआइसी एशिया बैंकको एटिम फुटाउँदै गरेका तामाङलाई पक्राउ गरेको थियो। 

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रुड्राइभर, डण्डी, फुटाएको एटिएम मेसिनको बाहिरी कभरलगायतका सामग्री बरामद गरेको छ। पक्राउ परेका तामाङलाई प्रहरी बृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको र आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरिने प्रनाउ गिरीले बताए। रासस

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, जेठ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्