Kathmandu Press

नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज (मंगलबार) सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो।
नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

काठमाडौं, साउन १२ : अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज (मंगलबार) सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्