Kathmandu Press

नेपाली सेनाले भन्यो- भारतीय मिडियामा आएको समाचार कुत्सित मनसाय प्रेरित र अफवाहपूर्ण

काठमाडौं, जेठ १६ : नेपाली सेनाले भारतीय मिडियामा आएका समाचार कुत्सित मनशायप्रेरित र अफवाहपूर्ण भएको बताएको छ। सेनाले भारतीय मिडियामा आएका समाचारल....

नेपाली सेनाले भन्यो- भारतीय मिडियामा आएको समाचार कुत्सित मनसाय प्रेरित र अफवाहपूर्ण

काठमाडौं, जेठ १६ : नेपाली सेनाले भारतीय मिडियामा आएका समाचार कुत्सित मनशायप्रेरित र अफवाहपूर्ण भएको बताएको छ। सेनाले भारतीय मिडियामा आएका समाचारले नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसाय र अफवाह मात्रै भएको भन्दै खण्डन गरेको हो।

सेनाले आगामी दिनमा पनि यस्ता अफवाह फैसलन सक्ने भन्दै सचेत र सजग रहन आग्रह गरेको छ।

Hardik ivf

प्रधानमन्त्री केपी ओलीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको अभिव्यक्तिको खण्डन गर्न दिएको निर्देशन नेपाली सेनाले नमानेको भन्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमबाट प्रकाशित समाचार भ्रमात्मक र अफवाहपूर्ण भएको बताएको हो। 

नरभानेले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतकै भएको र नेपालले कसैको इसारामा उठाएको भन्दै नेपालको भौगोलिक अखण्डता र सार्वभौकिताको खिलाफलमा अभिव्यक्ति दिएका थिए। 'भ्रामक, दूराशयपूर्ण काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ,' सेनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्वन्ध भएका दुई सेनाबीचको सम्वन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यले प्रेरित देखिन्छ।'

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
देशभर मनसुन सक्रिय
देशभर मनसुन सक्रिय