Kathmandu Press

मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रवक्ता भट्टराई

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसन अगाडि पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए।
मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रवक्ता भट्टराई

काठमाडौं, असार २९ : अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसन अगाडि पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए।

उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो। जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानातर्फ पठाइएको छ।

‘हामीले दुई किसिमले हेरेका थियौँ। गाडीमा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री छ कि छैन भनेर जाँच गर्‍यौँ। तर त्यस्तो कुनै सुरक्षा खतरा देखिएन,’ उनले भने।

उनले सार्वजनिक आवागमनमा अवरोध हुने गरी अनधिकृत रूपमा पार्किङ गरिएका कारण गाडी हटाएर ट्राफिक प्रहरी कार्यालय पठाइएको बताए।

अनलाइनखबर, हिमालय टेलिभिजन अगाडिको गाडि पनि बग्गीखाना लैजाने तयारीमा रहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, असार २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्