Kathmandu Press

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो। 
लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

काठमाडौँ, असार २९ : नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ुलामिनारु ले काठमाडौँ उपत्यकाभित्र थप दुईवटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ।

लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो। 

बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनार शोरुमहरूमा फुल बडी , एन्टिब्याक्टेरियल सर्फेस र हाइ ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन्।

यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन्। शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको छ। लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।

त्यसैगरी, सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवर लाल बिश्नोईले भने,‘आजकल ग्राहकहरू टाइल किन्दा डिजाइन मात्र हेर्दैनन्। यो कत्तिको टिकाउ छ र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले ग्राहकलाई ठ्याक्कै त्यही कुरा बुझाउन मद्दत गर्छ। हामी अहिले स्थानीय स्तरबाटै गुणस्तरीय टाइल्स बिक्री वितरण गरिरहेका छौँ। हामी यी टाइल्सहरू नेपालमै उत्पादन गर्छौँ। गुणस्तरमा कुनै सम्झौता नगर्नु नै हाम्रो मुख्य मन्त्र हो,, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने । 

यस्तै, बंसल टाइल्स एन्ड ग्रेनाइट हबका अध्यक्ष निशान्त अग्रवालले भने, ग्राहकले टाइल छनोट गर्ने तरिकामा स्पष्ट परिवर्तन देखिएको छ। डिजाइन बाहेक उनीहरू टिकाउपन, मर्मतसम्भारको सहजता, सुरक्षा र प्रमाणीकरणका बारेमा सोधपुछ गरिरहेका छन्। यो शोरुमले हामीलाई ती पक्षहरू अझ स्पष्ट रूपमा प्रस्तुत गर्न अनुमति दिन्छ।

लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाललाई थप विस्तार गर्ने र उपयोगिता अनुसार टाइल बुझ्ने र छनोट गर्ने प्रक्रियालाई अझ व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुमहरू विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: ०९:४९ बजे, सोमबार, असार २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्