सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं, असार १६ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, असार १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











