सेयर बजारको सबै समूहमा हरियाली
काठमाडौं, फागुन २७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १४.२८ अंकले बढेर एक हजार एक सय ४२.९३ अंक पुगेको छ ।....

काठमाडौं, फागुन २७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १४.२८ अंकले बढेर एक हजार एक सय ४२.९३ अंक पुगेको छ ।
लगातार घटिरहेको बजारमा केही दिनयता भने सुधारको संकेत देखिएको छ । आइतबार भने सफ्टवेरमा समस्या आएपछि दिनभरी कारोबार हुन सकेको थिएन ।
सोमबार सबै समूहको कारोबारमा हरियाली छाउँदा कारोबार रकम समेत झन्डै दोब्बरले बढेको छ । सोमबार ४० करोड २८ लाख ४० हजार दुई सय १३ रुपैयाँ बराबरको १३ लाख ४७ हजार ४८ कित्ता सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।
इन्स्योरेन्सको दुई करोढ ८९ लाख ८६ हजार ६६ रुपैयाँ बराबरको सेयर किनवेच भएको छ । जसको प्रतिकित्ता एक हजार एक सय १६ रुपैयाँमा कारोबार भएको हो ।
दोस्रोमा कारोबार एनआइसी एसिया बैंकको रहेको छ । एनआइसीको दुई करोड २१ लाख २१ हजार चार सय ९२ रुपैयाँ बराबरको सेयर चार सय प्रतिकित्ताका दरले कारोबार भएको छ ।











-1754206481.jpg)