Kathmandu Press

एक महिनामै भित्रिए सवा लाख पर्यटक

काठमाडौं, फागुन २७ : पर्यटक आमगन दर बृद्धि भएको छ । सन् २०१९ को फेब्रुवरीमा मात्रै एक लाख २४ हजार चार सय २१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ....

एक महिनामै भित्रिए सवा लाख पर्यटक
एजेन्सी

काठमाडौं, फागुन २७ : पर्यटक आमगन दर बृद्धि भएको छ । सन् २०१९ को फेब्रुवरीमा मात्रै एक लाख २४ हजार चार सय २१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्  ।

जसमा ९७ हजार ६ सय ९४ पर्यटक हवाई जहाजमार्फत नेपाल आएका छन् भने २६ हजार सात सय २७ पर्यटक सडक मार्ग हुदै नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुन संख्या सन् २०१८ को भन्दा ३९ प्रतिशतले बढी हो ।

फेब्रुवरीमा सबैभन्दा धेरै भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतीय पर्यटकको संख्या गत वर्षभन्दा ९२ प्रतिशतले बढेको छ । भारतबाट १४ हजार पाँच सय ७१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

फेब्रुवरीमा सार्क क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा पनि ८५ प्रतिशतले बृद्धि देखिएको छ । सार्क क्षेत्रबाट ३१ हजार आठ सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै चिनियाँ पर्यटकको संख्यामा पनि ५.३ प्रतिशतले बृद्धि भएको छ । चीनबाट फेब्रुवरी महिनामा १६ हजार दुई सय पाँच पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तैगरी थाइ पर्यटकको संख्यामा एक सय नौ प्रतिशतले बृद्धि भएको छ । जापानबाट २० प्रतिशत र कोरियाबाट ४७.२ प्रतिशतले पर्यटक आगमनमा बृद्धि भएको छ ।

त्यस्तै बेलायतबाट ८.७, जर्मनीबाट २७.९ र फ्रान्सबाट ७.६ प्रतिशतले बृद्धि भएको छ । युरोपबाट सात हजार एक सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अष्ट्रेलियनहरुको संख्यामा पनि १७.४ प्रतिशतले बृद्धि भएको छ ।

अमेरिकाबाट पनि गत वर्षभन्दा ५ प्रतिशतले बृद्धि भएको छ । अमेरिकाबाट सात हजार एक सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) दीपकराज जोशीले अहिलेको आगमनदर स्थिर रहेमा सन् २०२० सम्ममा वार्षिक २० लाख पर्यटकले नेपाल भ्रमणमा आउने बताए । ‘हाम्रो ध्यान चीन र भारत केन्द्रीत रहेको छ, प्रर्वद्धनको कार्यलाई बढाएका छौ,’ सिइओ जोशीले भने ।

 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, फागुन २७, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्