Kathmandu Press

नेप्से ११.३७ अकंले घट्यो

कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता शेयर रु पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार आठ सय २३ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्से ११.३७ अकंले घट्यो

काठमाडौं, जेठ २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११.३७ अंकले घटेकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.३७ अंकले घटेर दुई हजार सात सय ५५  दशमलव ४१ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७७ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ। 

Hardik ivf

कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता शेयर रु पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार आठ सय २३ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिवेञ्चर, सेन्ट्रल फाइनान्स  र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

यस्तै, कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिवेञ्चर,वेष्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन्।

एबिएल डिवेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी,रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकतर्ताले भने गमुाएका छन्।

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, जेठ २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्